कहाँ दुख्छ र घाउ,
जबसम्म प्रेमसँग तेजाब साटिन्न
कहाँ बन्छ र देश,
जबसम्म गोठमा सिंहदरबार भेटिन्न  

जंगली वन्यजन्तु बचाएर
तरकारी टिप्नेलाई मार्नेहरु,
शिकारी तस्करी उम्काएर
दिउँसै बस्ती जलाउनेहरु,
जिउँदै मान्छे गाडेर
चरी बनी हिड्नेहरु,
सडकमा बस्नेलाई किल्चिएर,
कानुनलाई सुन लाउनेहरु,
अनिश्चित बैंठक सारेर
आफैलाई राष्ट्रवादी भन्नेहरु,
कमी छ र, यहाँ ?
न्यायको नाउँमा व्यापार गर्नेहरु,
खोला बेची बलिया बाँध बनाउनेहरु,
पैसाको लागि जनता डुबाउनेहरु,
चिता बनाएर कमिसन खोज्नेहरु,
चिता बनाएर कमिसन खोज्नेहरु।

तसर्थ,
कहाँ मेटिन्छ र पाप, यहाँ !
जबसम्म एकदिन मर्नुछ भन्ने चेत हुँदैन
कहाँ दुख्छ र घाउ,यहाँ !
जबसम्म प्रेमसँग तेजाब साटिन्न
कहाँ बन्छ र देश,यहाँ !
जबसम्म गोठमा सिंहदरबार भेटिन्न
जबसम्म गोठमा सिंहदरबार भेटिन्न …।।।

-मनिष प्रजा
साउन १३,२०७७

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *