आजकल म प्रायः
आकाशतिर
जून हेरेर समय बिताउने
गर्दछु ।
र कल्पना
गर्छु मेरो जिन्दगीको
सहारा यै जून बनेको छ
आजकल ।
खै, किन हो
जब रातमा
क्षितिजपारि जून हेर्दछु,
मैले मेरो जिन्दगीको सहारा
भेटे झैँ लाग्छ,
जहाँ म मेरो लुटिएको,
खोसिएको घरबार
भेट्तछु,
मेरा हराएका
खुसीहरू भेट्तछु,
मेरो घरबार, मेरो संसार
अनि पुन: रंगिएको देख्तछु,
हो यस्तै देख्तछु ।
धेरैधेरै,
काल बिते मेरा एक्ला पलहरू
जिन्दगीमा,
हे जून यत्रो खुल्ला
आकाशमा जहाँ हज्जारौँ,
लाखौँ ताराहरू छन् तर ।
तर पनि
तिमी किन एक्लै छौ ?
किनकि,
तिमी एक्लै ,
अलग्गै
रहन चाह्यौ,
तिमीलाई कसैको
साथ चाहिएन,
एक्लै पनि रहन
सक्छौ ,सकिरहेकाछौ,
तर म….
अँहँ म त सक्दिन एक्लै रहन,
तर,के गरूँ ,
छुट्टिनुपर्यो बाध्य
भई परिवारसँग,प्रियजनसँग,
त्यसैले त,
’जून’ तिमीलाई हेरी
आजकल म रात बिताउने गर्दछु,
हो,
म तिमीलाई हेर्दै कल्पिन्छु।
USA
Please follow and like us: