माखोलाको वारिपारि
बास थियो
बाँसको घर
घरको छानो प्प्लास्टिक,
बेराको सेउला
घाम पानी छिरे पनि
खुला आकाश देख्ने छानो
घरको छानो चुइन्छ
बस्ने बास छैन
र खाने गास छैन ।
हावा हुरीले घरको छानो
प्लास्टिक उडाइन्छ
असार साउन महिना बर्षा
घरभित्र आल र भेलले
चिसो भुइँ सुत्ने छैन
हुरी चल्थ्यो चैत बैशाख
लान्थ्यो छानो कता कता पुराउँछ हावाले
घर छाउनलाई बस्ने ठाउँ छैन
हामी शरणार्थी भएर बाच्ने उपाय छैन ।
मरे कति भोकै नाङ्गै,
मरे हैजा ज्वरोले
धेरै अन्न नपाएर ।
लास थियो
शरणार्थीको जीवन कहानी
नागरिकविहीन भएर
नेपालभित्र भुटानी शरणार्थी शिविर भएर
बाँसका सानो घर छाप्रामा बस्यो
हामी भुटानी शरणार्थी
हाम्रा कथा सीमित छैनन् यतिमा ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *