हामीले हिडेका आधा बाटो
हामीले शितल तापेका वर पिपल
देउरालीमा रोपेका केही बचनहरु
साझको सम्झनामा बहिरहने त्यो बतास
भञ्ज्याङ्ममा बिसाएको केही सुस्केरा
सबै सबै तिम्रै नाममा छोडेर जादैछु
बग्न सक्छन् कयौ थोपा आँखा बाट
पग्लिजाने हिउहरु
भौतारिन सक्छन् अनाकन्टर दिशा तिर
यादका केही टुक्राहरु
हराउन सक्छन् आफू सयमबाटै
आफ्नै जिन्दागीको हिस्साहरु
मुर्झाउन सक्छन् मुस्कानको कलेटी
ओठको कुना कन्दराबाटै
त्यति बेला आफुले आफैलाई
यादहरुको भङ्गालो बाट बचाउनु
जुनलाई हेरेर सिक्नु
-मुस्कुराउन
बगरलाई छोएर महसुस गर्नु
-एक्लोपन
झरेका फूल हेरेर गाउनु केही हरफ जिन्दागीको
-अलाप
जादा जाँदै तिमीलाई यति अनुरोध छ
तिम्रा आँखाहरूलेहरुले बाध नछुटाउन
तिम्रा मुटुले चाल नबढाउन
बाध छुट्यो भने
मुटुको चाल बढ्यो भने
रोकि न सक्छ मेरो पाइला भन्दा अघि
जो पहिलै तिम्रो बसमा परिसकेको मुटुको गति
मैले समयलाई टिप्दै टिप्दै
धेरै पर पर पुग्नुछ
छितिजको लालीमा हाम्रो प्रेमको एउटा अभीष्ट
स्केच कोर्नुछ
जहाँ दुनियाले हेरेर यो भन्न सकुन
साचो प्रेमको प्रतीक त यस्तो होस् ।