आफ्ना सपनाहरु मारेर
मेरै सपनाहरु सजाउने
ती आँखाहरुमा,
मायाको भाव छचल्काउन सकुँ ।

आफ्नो गाँस काटेर
मलाई तृप्त गराउने
ती हातहरुलाई,
आफ्नो माथमा सजाउन सकुँ ।

जिन्दगीको पहिलो पाठशाला रुपी
ती बोलीहरुलाई,
जिवनको मार्गदर्शक बनाउन सकुँ ।

मेरा इच्छाहरु बुन्दा बुन्दै खिइएका
ती पैतालाहरुलाई,
गौरवले सधैं चुम्न सकुँ ।

मेरो निम्ति अर्पित गरेको
त्यो जीवनलाई,
खुशीको होलीले रंगाउन सकुँ ।

जिन्दगीका तीता-मिठा कथा बोक्ने
हजुरको जन्मदिनलाई,
सयौं हजारौं बर्ष मनाउन सकुँ ।

जन्मदिनको अनगिन्ती शुभकामना बुवा।

नाम: रमेश अधिकारी
चितवन, हाल:काठमाडौ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *