प्रत्येक विहानको सूर्योदयसँगै 

जेनतेन जसरीतसरी दिनभरी बाँचेर

भनौं बाँचेकाे अभिनय गरेर

प्रत्येक रात फेरि मर्छ मान्छे

जन्मदा यतै कतै थियो

जन्मनु अघि कहाँ थियो ऊ ?

मर्नु अघिसम्म यतै कतै हुन्छ

मरेपछि कहाँ हुन्छ उसको प्रस्थान ?

उसका आफ्नै आँँखा अगाडि 

थुप्रै आफन्तहरू मरे

इष्टमित्रहरू मरे

फटाहाहरू मरे

असलहरू मरे

कोही सेरिएर मरे

कोही लडेर मरे

कोही रोगाएर मरे

कोही भोकाएर मरे

कोही बेरोजगार विदेशमा मरे

अनि बाकसमा स्वदेश फर्किए

कोही बेरोजगार विदेश जानु अघि 

बाकसमा फर्कनै नपर्नेगरि

स्वदेशमै मरे

जीवन मरणको दोसाँधमा 

ढलपल ढलपल 

बचेको यो धुकधुकी आयुको 

सहज उन्मोचन हुने कसरी ?

 प्रश्न अनुत्तरित भएपनि

त्यही जिज्ञासाको

सही जवाफ खोज्दा खोज्दै

उचित समाधान सोच्दा सोच्दै

आफ्नै पनि 

मर्ने दिन 

नजिकै आइसकेछ !

(२०८० पुस २१)

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *