नयाँ आधुनिक

नेपालको भुगोलमा

के कार्ल मार्क्स अझै जीवीत छन् ?

जसरी एउटा तुच्छ दलित

अझै जिउँदो छ

अनी एउटा उच्च कथित देव

अझै जिउँदो छ

जसरी एउटा गरिब मजदूर

अझै जिउँदो छ

अनी एउटा धनी साहूकार

अझै जिउँदो छ

जसरी एउटा भुमिहीन किसान

अझै जिउँदो छ

अनी एउटा अरबपती बिजनेसम्यान

अझै जिउँदो छ

जसरी एउटी बलत्कृत बालिका

अझै जिउँदी छे

अनी एउटी सामन्ती रानीसाब

अझै जिउँदी छे

यस्तो विकराल असमान खाडलै खाडल भएको देशमा

यसरी सर्वाहारा नै सर्वहारा जीवीत भएको देशमा

काल मार्क्स चै किन मुर्दा ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *