एउटै कोखका भाईभाईको त अनुहार फरक पर्छ

मान्छे पिच्छेका सोच अनि बिचार फरक पर्छ ।

बेग्लै दृष्टिकोण बेग्लै बिचार एउटै कुरामा पनि

व्यक्ति हेरि कानूनको त केरकार फरक पर्छ

मिल्नैपर्छ भन्ने छैन एक अर्कोको बिचार यहाँ

फरक बिचार फरक मतले सरकार फरक पर्छ

युक्रेनले रसियालाई जित्ने दाबि गरेकै छ

भुभाग हेर्ने होभने दुईमा आकार फरक पर्छ।

तिमि बारौला आईतबार म बार्छु मंगलबार

तिमिले अनि मैले नै बार्ने बार फरक पर्छ

मान्छेको त के कुरा प्रकृतिमै बदलाव हुन्छ

एउटै बाटो बग्ने नदिको नि धार फरक पर्छ।

बाहिरि ठेस भन्दा भावनाको चोट गहिरो हुन्छ

शरिर अनि मनको चोटमा मार फरक पर्छ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *