त्यो पाइताला सधैँ मेरो पक्षमा उभियोस् ।
तिम्रो धड्कन सधैँ मेरो मुटुमा धड्कियोस् ।।
मेरो चाहना तिम्रोमेरो मायाको भूगोल
आकाशमा तारा धरतीमा दूबोझैँ झाङ्गियोस् ।।
नदीझैँ बग्दै, हावाजस्तै सङसङ्गै बहँदै
हाम्रो पिरती फाँटफाँटमा यसरी फैलियोस् ।।
भलै रातमा छातीभरि आरामले निदाओस्
उषामा लाली संसारमा यसरी छरियोस् ।।
तिम्रा ती ओठमा मुस्कानको बहार झुलेर
खुशी नै खुशी, फूलै फूलले जिन्दगी सजियोस् ।।
– भक्तपुर
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar