यहीँबाट
अर्थात् तेप्लायुबाट
जन्मेर गयो
हुर्केर गयो
थुप्रै सन्तान र तिनका बाल्यकालहरू
हुर्केर जानेछन् बैसालु सपनाहरू
क्रमशः गइरहेको हुनेछ
हरेक समय एउटा जीवन

याम फेरिएपछि,–
पोहोर जस्तै बोलाउने छ
आफ्ना सन्तानलाई हुच्पेखुवा
उत्तिसमा बसेर आफ्नै भाषामा
रिसिया गाउने छ दोङकुमा
खोपिरहेको हुनेछ गुराँसलाई बाराकेक्वा
भत्केरै भए पनि बसिरहेको हुनेछ,–
सबैले छाडेर गएको एउटा गुँड अथवा तेप्लायु
तर, फर्केर आउँछन् या आउँदैनन् गइरहेकाहरू ?

तेप्लायु – किरात राई बान्तावा भाषामा योनी ।
हुच्पेखुवा – किरात राई बान्तावा भाषामा एक a चरा ।
रिसिया – अकालमा मृत्यु भएकाहरुलाई बाटो लगाउँदा बिजुवाले फलक्नेलाई रिसिया भनिन्छ ।
दोबकुमा – किरात राई बान्तावा भाषामा कोइली चरा ।
बाराकेक्वा – किरात राई बान्तावा भाषामा लाहाँचे चरा ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *