छोटो लघु-कथा
एक पटक अध्ययन गरेर मिठो सल्लाहको आसा पनि राख्दछु ।
साना-साना दुई नानीहरु घरमा छोडेर आमा साँझ-बिहानको छाक टार्नको लागि दैनिक जस्तो काममा हिडिन । दिनभरी काम खोजिन तर केही काम गर्न पाइनन अनि निन्याउरो मुख लगाउँदै साँझ घर पुगिन । आफ्ना साना नानीहरुले छिमेकीको घरमा नयाँ वर्ष मनाउँनलाई धेरै मान्छे जम्मा भएको देखिरहेका थिए । अनि आफ्नो घरबाट हेरिरहेका थिए ।
त्यसै मध्ये एक जना असल मानिसले उनिहरुलाई सोधे तिमिहरुको आमाबुवा खै भनेर बुवा बिदेश जानुभएको यहाँ हामी भएको ठाँउमा आउनुभएन आमा काम गर्न जानु भएको छ अब आउनुहुन्छ ।
ती सज्जनले फेरि सोध्नु भयो तिमीहरुलाई भोक लागेको छैन त तब उनिहरुले भने आमाले अहिले हामीलाई खानेकुरा लिएर आउनुहुन्छ अनि खान्छौ तर दु:खको कुरा त्यसदिन उनिहरुको आमा रित्तो हात घर फर्किएकी थिइन ।
नानीहरु भोकले गर्दा रुन थाले तब ती सज्जनले तिनिहरुको रुवाबासी सुने र त्यही आएर हेर्छ्न त आफ्नै श्रीमती र आफ्नै नानीहरु अनि उस्लाई धेरै पश्चाताप पनि भयो उस्ले अर्को बिहे त गरेको थिएन तर आफ्नी आमाका कुराले गर्दा ती नानीहरुकी आमालाई छोडेको रहेछ । आखिर ती नानीहरुले आफ्नो बुवा पनि भेटे ।
त्यस दिन ती नानीहरुको बुवा पनि उनिहरु संगै बसे भोलि पल्ट जस्तो अवस्थामा थिए उस्तै अवस्थामा आफ्नो घर लिएर गए अनि आफ्नी आमालाई सोधे मेरा यी श्रीमती र मेरा आँखाका यी दुई नानीहरुको गल्ती के थियो आमा हजुरले यसरी आफ्नो र मेरो जीवनबाट टाढा बनाउन खोज्नु भयो । आखिर यिनको के गल्ती थियो आमा दाइजो थोरै भएको हो कि यिन्ले हजुरको सम्मानमा केही कमि गरिन । अब म यिनिहरु संगै बस्छु हजुरले आफ्नो ब्यबस्था आफै गर्नुस ।
तब ती नानीहरुकी आमाले बडो धैर्यताका साथ भनिन – अब हामीले पनि आमालाई छाडेर जाने हो भने आमा र हामीमा के फरक रह्यो र अब त आमालाई हाम्रो सहायताको धेरै खाँचो छ । हजुरको यो निर्णय मलाई मन्जुर छैन भन्न थालिन अनि ती आमाले जुन पहिले आफुले गरेका गल्तीहरु एक-एक गर्दै सम्झिन थालिन र बुहारीलाई भन्न थालिन म पापिनी हू मेरो सेवा तिमिले गर्न कुनै आवस्यकता छैन छोरी तिमी बाबुसंगै जाउ जता लैजान्छ्न उतै जाउ भन्दै रुन थालिन ।
अनि ती बुहारीले पनि जे हुन थियो त्यो भयो अब ती पुराना दिन सम्झेर हजुर नरुनुस र मलाई पनि नरुवाउनुहोस आमा भन्दै अंगालो हालेर दुबै सासू-बुहारी रुन थाले आफ्नो मनको पीडा पखाले ।
भगवान यस्ता सुशील बुहारी सबैलाई देउ