ए …मेरा प्यारा मित्रजनहरू हो
मत कति सोझो मान्छे

मात्र सुन्छु अनी देख्छु सपनामा
फेसबुक र भाइबरको वालहरू
आहा ! क्या गजवको छ
त्यो नानाथरी बकबासे भाईरलहरु
अनि,
हल्ला खल्लाहरु…
तर मत
आन्नद संग बसिरहेको पो छु
आफ्नै धुनमा चुपचाप चुपचाप सँग ।

ए …मेरा प्यारा मित्रजनहरू हो
मत, टोलाउँदै बसिरहेको छु,
त्यो अन्धकार रातहरूमा चम्किने
जुनकिरी झैँ
जो घरीघरी चम्किन्छन…
अनि, तँ छाड म छाड गर्छन्
ती राँके र बगले भुतहरू जसरी ।

मत कति सोझो मान्छे
नत मैले कसैलाई होच्चाउछु
नत मैले कसैलाई दोस्याउछु
मत आफ्नै पसिनाको फल खान्छु
अनि, पीडामा छटपटी रहेका मुहारहरूमा
उमंग छर्ने प्रयास गर्छु
किन चाहियो बढाई चढाई
किन चाहियो समाचार सम्प्रेषण
विन्ती म संग जे छ बस्
त्यसैमा रमाउँछु ।

प्यारा प्यारी,
जननी बुबा र आमाको आशिर्वाद
सदैब छदैछ
भगवान संग प्रार्थना गर्छु
अनि, आफ्नै धुनमा ढुकढाक
बसिरहेको पो छु
भोलि जे हुन्छ तेहीं हुन्छ ।

मेरो आसेवारो छ
नभन्नुहै मलाई कसैले पनि
कस्तो काफर अनि निस्ठुरी मान्छे भनेर
परिवार र आफन्तजनहरूको मिठो
अनि, न्यानो माया पाएकैछु
दु;ख सु:ख भनेको त तेस्तै हो,
दैनिकी यसरीनै गुजार्दै छु ।

त्यसैले हाँसी खुशी
‘डार्लिङ आई लभ यु’ भन्दै
प्यारी बुडी संग पो मग्नमस्त भएर
आफ्नै धुनमा चुपचाप बसिरहेको पो छु

ए …मेरा प्यारा मित्रजनहरुहो
मत कति सोझो मान्छे !
कति धेरै सोझो मान्छे !
हेट्ट ! सार्है सोझो पो मान्छे म ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *