(मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १
उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न
गर्न थाल्छन )
बिचार १ - नहुने काम भयो !
बिचार २ - कस्तो काम ?कस्तो नहुने काम ?
बिचार १ - नसोचेको काम ,हित बिपरीतको काम ,लापर्बाहीको , सत्य लिलामीको काम !
विचार ३ - पहिले सबैले   यसो भन्छन तर पछि......!
बिचार ४ - यसले हामीलाई तान्न खोजेको हो तर पछि के ?
बिचार ३ - उही सोझालाई सिध्याउने काम ,जनतालाई झुक्याउने काम ,नेताले
गर्ने जस्तो काम !
बिचार ५ - यो नेता जस्तो छ नि !
बिचार ६ - यो नेता होइन ब्यापारी हो । हेर त गाला ,ओहो सुट कस्तो महगो ह !
विचार ७ - हामी नेता होइनौ ,नेताको साथी पनि होइनौ ।
बिचार ५ - यो पहिलेको चाही नेता हो । तर पछिल्लो चाही हैन जस्तो छ ।
विचार ३ - साथी हो नझुक्क ! त्यो नहुने काम भयो भन्ने चाही शत प्रतिशत
नेता हो ,म ठोकुवा दिन्छु ।
विचार ८ - हा हा हा ब्यापारी पनि नेता हुन्छ !
बिचार १ - हुन्छ,यहा जे पनि हुन्छ । डा नेता हुन्छ ,कर्मचारी नेता हुन्छ
,बिद्द्यार्थी नेता हुन्छ ,मजदुर नेता हुन्छ ,प्रदेश नेता हुन्छ ,हैन के
नै बाकी छ र नेता बन्नलाई
विचार ९ - फेरी अर्को झूट ,यो मान्छे अघिदेखि धेरै बोल्दैछ !
विचार १ - मलाइ त्यसो नभन्नोस म तपाईहरूको सेवक हु । म अरूको दुख देखि
सहन्न । मलाई दंगा फसाद नसम्झनुस ।
बिचार १० - साथी हो इतिहास पताओं !कत्तिले हामीलाई कतिपल्ट  धोका दिए ।
बिचार ११ - के इतिहासले हामीलाई धोका दियो त ?
विचार १० - त्यसो होइन यार । यिनीहरूले नै इतिहासलाई धोका दिए ।
विचार १२ - त्यो कसरी नि ?
विचार १० - यिनीहरूले हामीलाई नपुग्ने सपना बाडे । यिनीहरू आफूभने कुर्शीमा अल्झे ।
विचार १३ - महा गलत ,सत्य कुरा भन ।
विचार ९ - ल सुन्नुहोस म भन्छु यिनको कर्तुत । यिनले सपना बाडे ,श्रम
बाडेनन् ,। राजनिती बाडे स्कूल कलेजमा ।  बर्तमान पुस्तालाई सुहाउदो
शिक्षा बाडेनन्।
विचार १५ - तपाईसित के प्रमाण छ ?
विचार ९ - मैले भनि हाले नि ,गफ बाडे ,यिनीहरूले कमाएको अकुत सम्पती बाडेनन्
बिचार १६ - त्यसै हिलो छ्याप्न पाइन्न !
बिचार १७ - यो मिली भगत जस्तो छ ,यी दुवै सरकार भित्रका हुन् की सरकार बाहिरका ?
विचार ७ ,विचार १४ - (एकसाथ कड्कदै )हाम्रो मुखबाट ओकल्न बाध्य
नपारीयोस!हामीले हाम्रो सिमा मिच्दा ,देशको नागरिकता हराउदा बोल्ने
चेस्टा गरेका थिएनौ र !
विचार १ - गम्भीर हुनुहोस ! म यहाहरुको सेवामा हाजीर छु ।
विचार १६ ,विचार १५ - आरोप समाधान होइन ,हामीलाई हराएर त देखाओ । हामी
भुइमा छैनौ । हेक्का रहोस ।
विचार १७ - हामीलाई संबिधान चाहियो
बिचार ३ - हामीलाई शान्ती चाहियो
बिचार ४ - हामीलाई बिजुली बत्ति चाहियो
विचार १२ - हामीलाई प्रतिबद्दता चाहियो
विचार ६ - हामीलाई नेपाली हौ भनेर गर्ब गर्ने ठाउ चाहियो
विचार ८ - साथी हो ! हामीलाई चाहिने चिजको लिस्ट अहिले नै बनाओ
विचार ९ - अ साच्ची हामीलाई हस्पिटल  चाहियो
विचार १८ - हस्पिटल मात्र होइन । हामीलाई डाक्टर पनि चाहियो
विचार १० - हामीलाई हाम्रा छोराछोरीलाई पढ्ने समान शिक्षाको अवसर चाहियो
विचार १ - पुरा हुन्छ मौका दिनुहोस मात्र ।
विचार १५ -  विचार १६ -हामी अहिल्यै यहाहरुको नाममा घोषणा गर्न लगाउछौ
,ढुक्क हुनुहोस यही तपाईहरूको अन्तिम सहयोगी हो ,गरे हाम्रैले गर्छ ।
विचार ७ ,विचार १४ -  एक पल्ट हामीलाई माथी पुरयानुहोस्   । हामी नै सबै
बाकी काम गर्छौ । हामी पुरा गर्छौ तपाईहरूको लक्ष्य !
विचार ५ - केहि सुनिएन !
विचार १२ - केहि सुनिएन !
विचार ३ - केहि सुनिएन !
विचार १० - केहि सुनिएन !
विचार १९ - साथी हो ढिलो भयो जाउ
विचार २० - हो ,जाओ ,जाओ ,ढिलो भयो ।
(पर्दा खस्छ,सबै अध्यारोमा विलीन हुन्छन )
अस्तु :
अबुधाबी ,यू ए ई ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *