कोरोनाभाइरस बारे ताजा अप्डेट
स्रोत: बिभिन्न मेडिया
यसो भन्छन विश्वका विज्ञ डाक्टरहरू: कोरोना भाईरससँग लड्न के गर्ने ?
जम्मा केस=१०६४७ मृत्‍यु =३४१४ क्षेत्रहरु = ९६ निको भएका= ५५४५०

कोरोनाभाइरस लक्षण तपाईलाई महसुस गर्ने तरीकासँग मिल्दोजुल्दो छ यदि तपाईंलाई चिसो वा फ्लू छ भने। तपाई ज्वरो, खोकी, सास फेर्न वा सास फेर्न समस्या महसुस गर्न सक्नुहुन्छ। यदि कोरोनाभाइरस संक्रमण पर्याप्त गम्भीर छ भने, यसको लक्षण निमोनिया, किडनी असफलता र सार्समा बढ्न सक्छ; संक्रमण सम्भावित घातक हुन सक्छ।

कोरोनाभाइरसको प्रकोप कत्तिको व्यापक छ?

विश्व स्वास्थ्य संगठनले अब 2019-bCoV लाई एक वैश्विक स्वास्थ्य आपतकालिन घोषणा गरेको छ। रोग नियन्त्रण केन्द्र Centers For Disease Contro (सीडीसी) का अनुसार मुख्य भूमि चीनमा भाइरसको पुष्टि र यसभन्दा बाहिर १८७५ केसका घटनाहरू पुष्टि भएको रिपोर्ट गरिएको छ। जम्मा ३४१४ मानिस विश्वव्यापी रूपमा मरेका छन्।

अहिलेसम्म प्रभावित देशहरू: चीन, हक कोङ , मकाउ, ताइवान, अफगानिस्तान, अल्जेरिया, अष्ट्रेलिया, अस्ट्रिया, बहराइन, बेल्जियम, ब्राजिल, कम्बोडिया, क्यानडा, क्रोएशिया, इजिप्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इरान, इराक, इजरायल, इटाली, जापान, कुवेत, लेबनान, मलेसिया, नेपाल, ओमान, फिलिपिन्स, रसिया, श्रीलंका, सिंगापुर, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, थाइल्यान्ड, गणतन्त्र कोरिया, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र भियतनाम।
कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।
कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ ।
सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ ।
कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।
कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ, तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।
प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि ।
शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ ।
बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।
कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन्
कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।
क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।
यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ ।
पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं
भिटामिन C, D लगायत पोषण पाउने खाना सेवन गरौँ ।
नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।
घाममा बसौं ।
लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
नियमित चिया र कफी (दुधरचिनी नहालेको) सेवन गरौँ ।
सरसफाइमा अल्छी नगरौं ।
{विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।}
Sources: बिभिन पत्रपत्रीका बाट संकलन ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *