कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो
कहीं भाग, लागेछ कि, पछ्यौरीमा तिम्रो
कुन्नी किन, हिजोआज, बोलचाल छैन
नयाँ तृष्णा, जागेछे कि, पछ्यौरीमा तिम्रो
यो मन तिम्रै, यो तन तिम्रै, सबै तिम्रै भन्थ्यौ
अर्कैले बास, मागेछ्की, पछ्यौरीमा तिम्रो
तिमीलाई, देख्या जस्तो, मात्र लाग्छ भन्छौ
मिलनको राग, भागेछ कि, पछ्यौरीमा तिम्रो
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar