—“हरेक मानिस आफ्नो हकमा वकील हो भने अरूको हकमा न्यायाधीश हो |’राम्रो म ‘ वा ‘आई एम द बेस्ट ‘ यो सन्सारको रीत हो !” आफ्नो चेलोले आम मानिसको प्रवृत्तिको बारेमा चासो राखेपछि प्रोफ़ेसर अरुण आनन्दले आफ्नो राय प्रकट गर्यो |”गुरुदेव,के यी सामाजिक सन्जालमा आएका अभियुक्तहरू वास्तविक अभियुक्त हुन्?” “केशव, यो कुरा यही हो भनेर म कसरी भन्न सक्छु | मेरो अनुभव,मेरो ताजुर्वा के भन्छ भने “शक्ति +पैसा +यौन “यी तीनले मानिसलाई लोभ्याउने हुन्छ, भित्री दुनियाँमा प्रशासन चलाउने पनि यिनै हुन्| यिनको मामिलामा मानिसको जातले जे पनि गर्न सक्छ र गरेको छ |यहीँ हेर,एउटा सानो पदमा पुग्न कति होड़बाजी हुन्छ –किन कि यसको भित्री सौन्दर्य बेग्लै हुन्छ | यो दुनियाँ एक अदालत हो भने यहाँ निर्णायक हुन शक्तिमा पुगेको अनन्त मानिस अभियुक्त हुन्—अपवादमा —लालबहादुर शास्त्री, भीमबहादुर तमांग —–यस्ता अपरिग्रह पनि यो दुनियाँमा नपाइने होइन, नेपोलियन बोनापार्टको विचार ” इमानदार रहने हो भने जीवनभरि दरिद्र रहन तैयार हुनुपर्दछ “सुनेका छौ नि ? अकूत सम्पत्ति भनेको “चिठ्ठा “होइन,केही न केही यसो उसो छ भनेर बुझ |” “बहादुर र हिम्मत हुनेले मात्र “यौन –अर्थ र शक्ति “को आनन्द लिन्छ भन्ने मान्यतालाई गुरुले मान्नुहुन्छ ?” ” हेराइ हो, वीर भोग्या वसुंधरा –पनि एक दृष्टि हो | “बहादुरी ” केलाई भन्ने ? तिम्रो बिचारमा अरूलाई हराउनु बहादुरी कि आफूलाई हराउनु बहादुरी ?” “यो त दार्शनिक प्रश्न भयो गुरु,हजूरले नै व्याख्या गर्दा न्याय होला !” “केशव, हरेक कुराको गुण र अवगुण हुन्छ –हुनसक्छ |सापेक्ष पनि हो |कुनै कर्म बहादुरी पनि हो र कायरता पनि हो |राम्री युवती वरदान पनि हो अभिशाप पनि हो |धनी हुनु सदा नराम्रो होइन | उस्तै परे “सूर्य +कुन्ती “हुनु पनि सामान्य हो | तिमी ३३ बर्षे युवा,अचानक एक युवतीको सहवासको प्रस्ताव आए के गर्ने ? दुईको मन मिले के हुन्छ ?केही हुन्न |एउटा गजल गाउने –मुशायरा फिनिस !तर …….कहाँ छे दामिनी कामिनी ….कहाँ छ रिक्त दर्बन्दी भनेर खेती नै एक ‘प्ले ब्वाई ‘को गरे –कायरता भयो —पैसा कमाउने –तर सही तरीकाबाट |शक्ति हातमा आए कमजोरको भलो गर्ने,सामाजिक कल्याणमा ध्यान दिने, धन हातमा आए,आफूलाई असजिलो नहुने गरी दान दिने र यौनको मामिलामा छाडा नहुने हो भने यही हो “बहादुरी “—अति —बहादुरी होइन –कायरता हो —पाखण्ड बहादुरी होइन, आफ्नो मनलाई जिते त्यही हो बहादुरी |सहज रुपमा आफ्नो सुकर्मले जे प्राप्त हुन्छ त्यहीसित रमाए सकियो —त्यही पात्र हो बहादुर !बुद्ध हुन बहादुर !कुनै अपेक्षा नभएको व्यक्ति हो बहादुर |बहादुर त्यो हो जसले दुश्मनलाई पनि प्रेम गर्न सक्दछ र क्षमा दिन सक्दछ |यतिखेर हाम्रो देश –एक किसिमले –बहादुरी पर्खेर बसिरहेछ !” “नमन गुरुदेव,चित्त बुझ्यो !”

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *