उपदानकाे एकमुष्ट रकम बैंकमा राखी घर अाएँ। घर पुग्दा एक धनाढ्य व्यापारी मित्र अकस्मात देखा परे । मैले उसलाई साेधेँ:- – ” कति कामले अायौ?””केहि सापटी दिन्छौ कि भन्ने अपेक्षा राखेर ।””कैले तिर्छौ?””ब्याज समेत पन्द्र दिन पछिकाे चेक अहिले दिन्छु।” उस्ले बिस्वास दिलायाे र साेह्र लाखकाे चेक दियाे।ब्याज खाने लाेभले उपदानकाे सम्पुर्ण रकम पन्द्र लाखकाे चेक मैले उस्लाई थमाएँ। उ प्रसन्न भएर बाटाे लाग्याे।पन्द्र दिन पछि उस्ले दिएकाे चेक लिएर म बैंक गएँ।चेक बाउन्स भयाे।उस्लाई खाेजेँ। उ भूमिगत भएछ। छ महिना पछि उ जेलमा छ भन्ने सुने। अाफ्नाे पैसा उठ्छ कि भन्ने अाशा लिएर उस्लाई भेट्न जेलमा गएँ। उ फलामकाे डण्डी समाएर उभिएकाे थियाे।उत्सुक हुँदै साेधेँ-“याे कसरी?”” सबै साहुले चेक बाउन्सकाे मुद्दा चलाए, अनी।””केही सहयाेग गर्न सक्छु म?” सहानुभुति जताएँ।”अबस्य”।”कस्ताे सहयाेग?” – “तिमीले पनि म बिरुद्ध चेक बाउन्सकाे मुद्दा हाल।”” किन?” अाश्चर्य मान्दै साेधे।” मलाइ अदालतले टाँट पल्टेकाे धाेषणा गर्दैछ।” उस्ले मुस्कुराएर भन्याे।म पुर्पुराेमा हात राखेर थचक्क बसे।
464618 commentsLike
Share