अनेसास नवरत्न पुरस्कारका लागि सिफारिस
बोस्टन, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।
 समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको थियो ।
समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सिफारिस गरेको छ । यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला  भण्डारी  र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।
साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा रहेका साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौलाको चयन समितिको सिफारिसमा उक्त चयन गरिएको हो ।
आगामी अगष्ट महिनामा अमेरिकाका एक कार्यक्रम गरि सिफारिस गरिएकाहरूलाई पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ । 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *