बिहानको पाँच बजेको अल्लारमसँगै सधैँझै सिमाको आजको दिनचर्या शुरू हुन्छ।

वाईफाई खुल्ला रहेछ। आँखा खुल्दा नखुल्दै देख्छिन् म्यासेन्जरमा आएका धेरै म्यासेजहरू। उनले गायन क्षेत्रमा सफलता पाउँदै गएपछि म्यासेन्जरमा खाउने यस्ता म्यासेनजर, कल, फोनकलहरू त उनका लागि सामान्य नै बनिसकेका थिए। उनी मख्ख पर्थिन्। यी सबले उनलाई थप हौसला पनि दिने गर्दथ्यो।
ट्याङ्ग …फेरि म्यासेन्जरमा म्यासेजको घण्टि बज्छ। म्यासेजहरू यति धेरै हुछन् कि उनलाई बोल्ल झ्याउ लाग्यो।प्राय: सबै म्यासेजहरू केटाको थियो। भर्खरै गायन क्षेत्र शुरू भएका भिआईपि मान्छेहरूसँग चिनजान हुन थालेको थियो उनको। अचानक म्यासेन्जरमा कल आयो नचिनेको आइडि बाट। कल उठाइन्। उसले उनको सुरिलो स्वरको तारिफ गरिनै हाल्यो। स्वरसँगै तारिफ अनुहार र शरीर पनि भयो। यता उता बोल्दा बोल्दै बोलेको पनि एक घण्टा भएछ। त्यो मान्छे पनि संगीत तिरको भिआईपि नै रहेछ।

भर्खर भर्खरै कलिलै उमेरमा रूप सफलता,सम्वृद्धि,पैसाको नसामा चढ्दै गरेकी उनीहुन् सीमा ।गाउँबाट बि.एम पढ्न भनी सहर छिरेकि थिईन। गायिका बन्ने उनको सपना नै थियो सानैबाटको। त्यसैले गायिका बज्ने लक्षका साथ उनले बि.एम मा भर्ना भईन्। गाउँले जन जीवनबाट आएकी सिमामा बिस्तारै सहरिया जीवनशैली हाबि हुँदै गयो। अत: सुन्दर रूप र सुरिलो स्वरका कारण समाजले उनको रूप,जवानी,उमेर र स्वरलाई स्विकार गर्यो।

कल सकिदा उनले एक कप कफी पनि पिईसकेकि थिईन। फेरि रेश्माको फोन आयो
ओई आज क्लब जाउँ न यार।म, कृति, रेखा सब जाने। कमल, कृष, ह्यारी सब जाने रे। त्यो पोक्चे र हिमा नि जाने रे। आज लास्ट रमाईलो गर्नुपर्छ। ककटिल पार्टि गर्ने। तुङ्बा नि तान्नुपर्छ। ह्यारिले तेरो कुरा पनि लास्ट गरिराथ्यो।
ल ल जान्छु सिमाले भनी।
हट भएर आईज है। तँलाई त लास्ट सुहाउँछ। तेरो फिगर नै राम्रो छ…कृषहरूले पनि तेरै कुरा गर्छन् खालि…आज केहि होलाजस्तो छ। कि भनिदिउँ त सुरक्षाको साधन पनि बोकेर……हिहि
रेश्माले भनी।

ल ल म राम्रो हैन तिमिहरूको हेराई…अनि यो नचाहिने कुरा चाहिँ नगर त….रिसाउँदै भएपनि भित्रभित्रै मख्ख पर्दै सिमाले भनि।

ल ल जोक चल्छ नि यार…पाँच बजे भेटौ है रत्नपार्कमा। नाईटमा जाने हो।
सुन तँ जान चाहिँ कोसँग जाने होर? ह्यारिको नि कार छ, कृषको नि छ। दुईजनाले नै तँलाई चाहन्छन् ब्यारे।हामीलाई त कसले हेर्ने। कि डबल…हाहा। रेशमाको आवाज आयो।
ह्या जे.पि.टि. फोन राख। सिमाले भनी।

कृष,ह्यारी,कमल,रेश्मा सबैसँग सीमाको संगितबाटै चिनजान भएको थियो। यिनीहरूको एउटा ग्रुप थियो।यिनिहरू पार्टि जाने,क्लब जाने गर्दथे।सम्बन्ध पनि स्थापित भईसकेको थियो। त्यसमध्ये सिमालाई चाहने बढि थिए। क्लबमा नाईट स्टे गर्ने गर्दथे। सबैको टार्गेटमा।सिमा पर्दथिन्। कृष चाहि सिमाको बोईफ्रन्ड थियो। ऊसँग चाहिँ क्लब तिर पनि सिमाको शारिरिक,मानसिक सम्बन्ध भईसकेको थियो। कोठामा आऊजाऊ पनि हुने गर्दथ्यो। रेश्माको कटाक्ष पनि त्यतैपट्टि थियो।

आजकल फोनमा,सोसियल मिडियामा भईरहने आईरहने यस्तै तारिफका स्वरहरूले सिमालाई उत्तेजित पार्न थालेको थियो। भि.आईपि देखि साधारण मान्छे समेत उनिसँग भेट्न, डेट जान र समय बिताउन ईच्छुक थिए।त्यो कुरा सिमालाई पनि थाहा थियो। उनको पछाडि केटाहरूको लाइन नै थियो। उचाई र सफलताको भूत मान्छेमा हाबी भएपछि उत्रन गार्हो हुन्छ। सिमामा पनि यहि लागू हुँदैथियो। सम्बन्ध भिआईपिहरूसँग गासिँदै थियो। सबै गाँठ भएका थिए। चिनजान भेटघाटमा बदलिन्थ्यो। भेटघाट डेटमा र डेट क्लब,डिस्को हुदै शारिरिक सम्बन्धमा। यस्ता सबै कुराको नशा लागेपछि आदत बसेपछि त्यो आदत बदल्न मान्छेलाई ड्रगसको नशा छोड्न नसके जत्तिकै कठिन हुन्छ। आखिर सिमामा पनि त्यहि भयो।

क्लब त पाँच बजेको थियो जाने। ग्याँसमा खाना बसाएर पुन: म्यासेजमा डुबिन्।म्यासेज आयो एक व्यक्तिको
“हाइ बिउटिफुल”
सिमाले प्रोफाईल हेरिन।तीस कटेजस्तो देखिने एक व्यक्ति थियो।
हेल्लो सिमाले पनि रिप्लाई गरिन्।
तिम्रो स्वर राम्रो छ।मलाई तिम्रा गितहरू सार्है मनपर्छ।धेरै सुन्छु।मान्छे पनि सारै राम्री लाग्छ।ू पुन म्यासेज आयो।
यसरी शूरू भयो बातचित।बातचित क्रमश अनौपचारिक बन्दै गयो।
-कता बस्छौ म्यासेज आय‍ो।
-म बौद्धू सिमाले रिप्लाई गरिन्।
-म चाबेलू
-जिकै रहेछ।भेटेर कफी खान मिल्छ होलारु चिनजान पनि हुन्छ।
-बरू कहाँनेर हो बौद्ध धन।म लिन आउँछु।उसले भन्यो।
सिमाको दिउँसो रूममा पनि काम थिएन।हुन्छ भनिदिईन।यसरी दिउँसो बार्ह बजेतिर भेट्ने योजना बन्यो।
दिउँसो रेडि भएर सिमा भई।केटा कालो रङको कारमा आयो।कार सिधा गएर एउटा क्याफेमा रोकियो।

केटा कालोकालो वर्णको रहेछ।ऊ पनि म्युजिक प्रोडुसर रहेछ।शुरूमै उसले सीमाको रूपको तारिफ गर्यो।अनि गितको,स्वरको।सिमाको स्वरको तारिफ गर्दै उसलाई गित दिने अफर पनि गर्यो।।ऊ बिबाहित रहेछ।फेमिलि चाहिँ गाउँमा रहेछन्।ऊ पटकपटक सीमाको रूप र शरीरको प्रशंसा गरिरहेको थियो।गफसँगै कफी पिउने काम भयो।केटाले पुन वाईनको अफर गर्यो।सिमाले खान मानिनन्।दुई घण्टाजति गफ गरेपछि सिमालाई उसले कार्ड दिँदै भोलि सल्लाह गर्न भनी अफिसमा बोलायो।उसले सिमालाई बौद्धसम्म बाईकमा पुर्याईदिएर फर्कियो।

रूम फर्किईपछि सिमा फेरि क्लबका लागि रेडि हुन थालिन्।स्टरेट गरेको केश मिलाईन।मेकअप गरेको अनुहार,पातलो शरिरमामा घुँडा माथिसम्मको निलो वन पिस,अनि कालो पेन्सिल हिल दरो म्याच गरेको थियो।पाँच बजे कृष सिमालाई पिक अप गर्न बौद्ध आयो।
यू आर लुकिङ व्युटिफुल हट टुडे माई डियरू हग गर्दै कृषले भन्यो।त्यसपछि सबैजना भेला भई क्लब गए।क्लबमा ड्रिङ्क बढि भएकाले सिमा रूम गइन।कृषले सिमालाई उसको कोठा चाहबेल लिएर गयो।

दुईजना सम्बन्धमा भएका केटा र केटि त्यहि पनि ड्रिङ्गस गरेका एउटै कोठामा थिए आज।नियन्त्रण गुम्दै थियो दुबैको। कृष सिमाको बिस्तारै नजिक आयो ।बिस्तारै उसको हात पक्रियो र स्पर्स गर्यो।लब यू बेबीू कृषले भन्यो।कृषको स्पर्शे सिमाको अनुहार रातो हुन थालेको थियो। उसलाई आफैमा भित्र भित्रै मनमा काउकुति लाग्न थालेको थियो।सानो स्वरमा ड्रिङ्गसले मातेको शरीर ह्यारिमा अडेस लाउँदै सिमाले पनि भनि आई लब यू टु डियरू।अब कृषले सिमाको शरीरमा चुम्बनको वर्षा गर्न थाल्यो।सीमाको प्रतिकार गर्ने शक्ति हराउदै गयो। उस्ले मेरो मनमा राज गर्ने ढोका खोल्यो । म चिट चिट पसिनाले सिन्चिए । कोहिमान्छे मेरो मनमा राज गर्ने सगै शरिरको तोङ्वा आफ्नो हुक्काले नानि रहेको छ । संसार अर्को छ मन अर्को छ । शरिर अर्कै तमाशामा छ ।अनि शुरू भयो एक शरीरमाथि अर्को शरीरको जात्रा।

बिहान बिउँझदा सिमा ह्यारि दुबै नग्न थिए एउटै बेडमा।घटनाहरू तरझ्गझैँ दोहोरिन्छन् सिमाको मगजमा।यी सबै कुरा भोगाई पछि शुन्यतामा छाउछ विल्कुल शुन्यता ।कृष त बोईफ्रेन्ड हो तर पनि यो…धेरै त हुँदैछैन रुमेरो मनलाई कुन शक्तिले नियन्त्रण गर्दैछरुकिन म नियन्त्रण गर्न सकिरहेको छैन आफूलाई यो सब कुराबाटरुके मलाई सेक्सको नसा त लाग्दैछैनरु सिमाको मन एकोहोरो हुन्छ । खिन्नताहरूले आफैलाई पोल्न थाल्छ । छोरिमान्छे हो म।सेक्समा पनि सजगता चाहिन्छ।हिजो केही कमजोरि त भएनरुयस्ता कुराले मेरो भविष्यमा धोका त पुर्याउँदैन पछिरुपछि गएर सेक्स नशामा बदलियो भने रु समाजले के भन्ला रुआफ्नो आफन्तले के भन्ला रु यस्तै कुराहरूसँग अन्तरद्धन्द गर्दै सिमा कपडा मिलाएर फ्रेस हुन जान्छे।ह्यारि सुतिरहेकै थियो।

ब्रेकफास्ट पनि बाहिर गरेर सिमा रूम फर्कि।कृषले रूमसम्म ल्याईदियो।सिमाको मनमा भने केही डर,उदाशि र छटपटिले डेरा जमाईरहेको थियो। कोठा फर्केर खाना बनाएर खाई।अनि दिउँसो फेरि त्यो हिजो भेटेको प्रोड्युसरको अफिस गई।प्रोड्युसरले लालचि आँखाले पुन उसको स्वर र रूपको तारिफ गर्दै गित दिने पक्का गर्यो।

यसरी नै सिमाको दिन बित्दै थियो।कल आईरहने,म्यासेज आईरहने क्रम पनि जारि थियो।आफ्नो सफलतामा सिमा पनि मख्ख थिई।समय बित्दै जाँडा त्यो प्रोड्युसरसँग पनि शारीरक सम्बन्ध स्थापित हुन थाल्यो।यहाँ नारीले आफ्नो अस्तित्व बनाउनुपूर्व अस्मिताको व्यापार गर्नै पर्छ।सिमामा पनि यहि लागू भयो।उसले अस्मिता बेचि।सफलताले उसलाई चुम्दै गयो।उसले सफलतासँग अस्मिताको व्यापार गर्दै गई।उसको उचाई पनि बढ्दै गयो।उसले सफलतासँग अस्मिताको व्यापारिक डिल गरि।

अबका दिनहरूमा उसलाई गित गाउनका लागि विभिन्न महोत्सबहरूमा पनि बोलाईन थाल्यो।यसैक्रममा सिमालाई एकदिन कन्सर्टका लागि पोखरा बोलाईयो।ूमेरो पनि कामको लागि पोखरा जानू छ।सँगै जादा हुन्नरुूसिमा पोखरा जाने थाहा पाएपछि
उनले बच्चैबाट चिनेको एकजना सरले भने।सिमालाई पनि सरको कुरा ठिकै लाग्यो।सरसँग चिनजान पनि राम्रै थियो पहिल्यैबाट।चिनेको मान्छे हुँदा बसमा जाने झन्झट पनि भएन।
ूहुन्छ नि त सर सँगै जौँ।कल गर्नु न।ूसिमाले भनी।
यसरी सिमा त्यो सरसँग भोलिपल्ट पोखरा जाने भई।
ूहेलो कृष१ म भोलि पोखरा जाँदैछु कन्सर्टका लागि।कन्सर्ट सकेर फर्केपछि भेट्छु।ूफोन गरेर सिमाले कृषलाई पनि जानकारि गराई।

पोखरा जान भनी सिमा त्यो सरसँग हिँडि।मुग्लिनमा पुगेपछि गाडि बिग्रियो।
सिमा हेरन अकस्मात गाडि बिग्रियो।बनाउन समय लाग्छ।रात पनि परिसक्यो। आज यतै होटलमा बास बस्नुपर्ला जस्तो छ।ू सरले भने।
सँगै अभिभावक भएर आएको मान्छेले त्यसो भन्दा अबर परेको बेला सिमाले पनि मानि।
ूएउटै रूम बुक गरेँ है सिमा अफ्ठ्यारो नमान।ूसरले भने
त्यो रात मुग्लिनमै बस्ने भए।एकजना वयस्क र एकजना केटि सँगै रात बस्नुपरेपछि जे नहुनु थियो त्यही नै भयो।
वास्तवमा यो सबै त्यो सरको सिमालाई फसाउने योजना थियो। बिचरि सिमाले यो बुझ्न सकिन।

पोखरामा कन्सर्ट सकेर काठमाडौं फर्केपछि सिमालाई त्यो सरले ब्लाकमेल गर्न शुरू गर्यो।डर डेकाएर हुन्छ कि धम्कि दिएर हुन्छ सम्बन्ध राख्न बाध्य पार्न थाल्यो।त्यो सरले सिमालाई पर्सनल टोयू को रूपमा प्रयोग गर्न थाल्यो।तर सिमाले न परिवारलाई भन्न सकिन साथिहरूलाई,न बोईफ्रेन्डलाई। तर न त ऊ कानुनमा जान नै सकि। हाम्रो समाजमा परम्परागत पुरुषवादी भूमिका यत्ति धेरै हाबि भएको छ कि छोराको गल्ति नै औँल्याउन चाहँदैन समाज चाहे गल्ति उसैको किन नहोस्।अझ शारिरिक सम्बन्धको कुरामा महिलालाई नै गलत मानिन्छ चाहे उसको रेप नै गरिएको किन नहोस्।जसले गर्दा महिलाहरू स्वइच्छाले नगरिएको सम्बन्ध९रेप० लाई पनि लुकाउन बाध्य हुन्छन्।सिमाको जिन्दगि पनि अहिले यहि स्टेजमा थियो।बलि दिन राखिएकी बाख्री जस्तै।

यसैक्रममा एककदिन त्यो सरले चोभार जान भन्यो।सिमाले मानिन,नाईनास्ति गरि।नाईनास्ति गरे दुनियाका अगाडि बेइज्जत गरिदिने धम्कि आयो।चोभार गएको बेला त्यो सर लगाया अन्य तीन जनाले लगातार उनको रेप गरे।आँशु बगाउनु बाहेक उसले केही गर्न सकिन।न त कानुनको सहायता नै लिन सकि।हाम्रो समाज कस्तो छरुप्राकृतिक वरदानका रूपमा पाएको सन्तानोत्पादन नै महिलाका लागि अभिशाप बन्न पुग्छ आखिर। नत्र पुरूप महिलाको सम्बन्ध बन्दा महिलालाई मात्र दोषिमा रूपमा किन हेरिन्थ्योरुआखिर सहभागिता त पुरूषको हुन्छ।तथ्य यहि हो कि परिणाम पुरूषले भोग्नु पर्दैन अनि समाज पुरूषमुखि छ।त्यसैले खुलेआम घुम्न पाईरहेका छन्।

उक्त घटनापछि सिमाको जिन्दगिले कोल्टे फेर्न थाल्यो।हरसमय चिन्तित रहने,टोलाउने,उदास रहने,डराउने जस्ता व्यवहार देखिँदै गए।कतै जान पनि मन गर्दिनथि।रूप हराउँदै गयो।शरीर सुक्दै गयो।त्यो सरले ब्लाकमेल गरिरहेकै थियो।कहिले कता बोलाउँथ्यो कहिले कता।कहिले पार्टिमा बोलाएर सामूहिक रेप गर्थे।बस मुर्तिझै ओछ्यानमा लडिदिन्थी।भनेको नमाने समाजको अगाडि अनुहार देखाउनै नहुने बनाउने धम्कि दिन्थ्यो।सिमा खोरमा फलामको साङ्लीले बाँधिएको कुकुरझै भएकि थिई।कहिले त बिस पिईदिउँ जस्तो लाग्थ्यो फेरि परिवार सम्झिन्थि।

सिमाको कृषसँग पनि ब्रेकअप भईसकेको थियो। संगित क्षेत्रमा पनि गित पाउन छाडेकि थिई।महिलाको रूप रङ हुन्जेलमात्र रहेछ बोलाई बोलाई जागिर दिने।ट्यालेन्टेड छौ भनेर फुर्काउनेहरू पनि आजकल हराउँदै गएका थिए।हिजो पैसा,प्रसिद्धि,सफलता र रूप जवानी हुँदा हाईहाई गर्नेहरूले आज बाईबाई गरिसकेका थिए। आखिर सधै जागिरसँग बौद्दिकता र शरिरको सम्झौता गर्नैपर्ने महिलाले कस्तो नीति हो योरु

तीन महिनापछि अचानक सिमामा विभिन्न समस्या देखिन थाले।हस्पिटल गएर चेक गर्दा एचआई।भि पोजिटिभ देखायो।त्यो सर बिगत तेर्ह वर्षबाट एच आई।भि पोजिटिभ रहेछ।यो कुरा थाहा पाएपछि सिमाको बाँच्ने हिम्मत हरायो।आश त के थियो जिन्दगिको मृत्यु निश्चित थियो तर शरिरको मृत्युअघि अब समाजले गराउने आत्माको मृत्यु पनि निश्चित थियो।अब बाँकि जिवनको आयुमा उनले समाजमा आत्माबिनाको शरिरसँग सम्झौता गर्न सिक्नुपर्ने थियो र उनले यो लडाईँ लड्न सक्नुपर्ने थियो।भविष्यको त के कुरा उनको जिन्दगिको नै चङ्गा चुटिईसकेको थियो।

भर्खरै सफलता चुम्दै गरेकि सिमाको जिन्दगि एकाएक शून्यतामा हरायो।प्रसिद्धि,पैसा र सफलता पनि एउटा ड्रग्स नै हो जसको नसाले छुँदै गएपछि मान्छे गलत बाटोमा लागेको चाल पाउँदैनआखिर सिमालाई पनि त यहि प्रसिद्धि,सफलता र पैसाको नसाले एच।आई।भि पोजिटिभ सम्म बनायो।अन्ततस्सिमाले जिन्दगिसँग हार मानि

आज सिमाको ३१ औँ जन्मदिन।पर डाँडामा एकोहोरो शंख बजिरहेको थियो।त्यो शंख थियो सिमाका सपनाहरूको। आत्मा त पहिल्यै मरिसकेको थियो।आज भने सिमाका सपनाहरूलाई पनि उनको शरिरसँगै दागबत्ती दिईँदै थियो ३१ वर्षको उमेरमा।

यो कथा हजारौँ,लाखौँ,करोडौँ सिमाको हो जो आज रूप,प्रसिद्धि,पैसा र सफलताको नसाले ठेल्दै जाँदा समाजको फोहोरी नजरबाट वचन नसकेर त्यहि समाजको संस्कारमा पोलिएर आज आर्यघाटमा दागबत्ति दिईदैँ छन्।यस्ता सिमा धेरै छन्,यस्ता सिमाका सपना धेरै छन्,लाखौँ करोडौको संख्यामा अनि यसरी नै समाप्त भएर पोलिँदैछन् अनेकौँ उत्तरहरूबीच नसुल्झेको एउटा जिउँदो सवाल बनेर आगोमा।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *