मोती राम चौधरी “रत्न”
कैलारी गाउँपालिका-५, बैजपुर (कैलाली)
हम्रै वरिपरि आज
मृत्युका ताण्डब नाचहरु,
हम्रै आखाँ अगाडी नाचिरहेछ,
मानबताको धज्जी उडाउने गरी
खुल्ला सडकमा तमासा देखाईरहेछ
सबै मूकदर्शक बनी हेरिरहेछ।
भो अब अति भो
बिश्व सारा उठ्नैपर्छ
कोरोनासंग लड्नैपर्छ
जीट हासिल गर्नै पर्छ।
सुनसान छ बस्टीहरु
अस्पतालहरुमा चाडपर्ब आए जस्तो,
बिरामीहरु लस्करैका लस्करै
हुलका हुल
कमीलाहरुको ताँतीजसै
मेडिकल, फार्मेसीका गोटी किन्न
न्याउरो, उदास,
थकित र चिन्तित अनुहार लिएर,
बेडमा असजिलो गरी पल्तिरहेका
अक्सिजन नपाएका संक्रमितका चित्कारहरु,
डाक्टरहरु औषधि सकियो भन्दै
नर्सहरु लखतरान निरास देखैदैछन,
आशा र उमंग मामाघर गएजस्तो देखिन्छ,
निरासाको कालो बादल
उनीहरुलाई घेरेको आभासमा,
नयाँ आशा र उमंग बोकी
डाक्टर नर्स सबै उठ्नैपर्छ
कोरोनासंग लड़नलाई
सारा सस्त्र-अस्त भिर्नैपर्छ।
दिन-दिनै कति सिउँदो पुछिदै छन,
कति टुहुरा-तुहुरी हुदै छन,
कति बिधवा
कति सहादत प्राप्त गरे
कति संक्रमित भए
कति आईसीयूमा
कति भेंटीलेटरमा
कति लाल मुरै लिन गए
कति गन्छौ सरकार
कति लेख्छौ पत्रकार,
तिमीले लेख्न सक्थ्यो
भन्न सक्थ्यो
यति संक्रमित जाती भए
यतिमा कोरोना नोगेतिभ देखियो,
यति बेड खाली भयो,
भो अब अति भो
आशा उमंगको शब्दहरु बोकी
पत्रकार, साहित्यकार,
गायक, नायक
मीडिया सबै उठ्नैपर्छ
कोरोनासंग लड़नलाई
शब्दहरुको सस्त्र-अस्त भिर्नैपर्छ।
तिम्रो शब्दहरुले मनमा शान्ति ल्याउन सक्छ
मनोबल बढ़ाउँन सक्छ
कोरोनासंग लड़ने शक्ति दिन्छ।
र पो
हुन सकिन्छ जीट
बाजा-गाजाको खुसियालीमा
बिना मास्क स्यानीटाइजारको
खुला आकाशमा उड़ने पंछीझै
स्वच्छ प्राकृतिक स्वास फेर्दै
(आनन्दित, स्वस्थ मानव बन्न सक्छ)-२