यो मनलाई बुझाउँछु, जून हेरेर
बेग्लै संसारमा हराउँछु, जून हेरेर
मलाई ठुल्ठुला महल चाहिन्दैन
सानै झुपडीमा रमाउँछु, जून हेरेर
अब म त्यो मरुभूमिमा कहिल्यै जादिन
खेतमै पसिना बगाउँछु, जून हेरेर
टुक्रिएको सपनाहरू बटुलेर
यो आँखामा सजाउँछु, जून हेरेर
-फिदिम, पाँचथर
Please follow and like us: