Cotegory: कविता

नव वर्ष (नेपाली कविता)-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

नव वर्ष मंगलमय होस्,सुख–शान्ति अतिशय होस् ,वैभव–कुटुम्वकम् कायम रहोस्,कोरोना भाइरसको अन्त्य होस् । सोसल मिडिया दुईधारे तलबार नबनोस्,सूचनाको खानी यसको सही सदुपयोग होस्,गलत प्रयोगकर्ताको हातमा यो नपरोस्,बारुद गोला बन्नबाट यो […]

लकडाउनमा भोका-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

लकडाउनमा फैलिदैछ भोक र भोकमरी,सरकारले बाँडन थालेको छ राहत सामग्री,मन फुरुंग बनाउँदै गएँ लिन राहत सामग्री,घन्टौ बसें, पाइएन नागरिकता बिना राहत सामग्री ।१। विश्वव्यापी बनेको कोरोना भाइरस,मानवताकै नाताले सहयोग पाउँने […]

चालिसको साढेसाती-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

उता नि चालिसकै साढेसाती,यता नि चालिसकै साढेसाती,खै यो शनिग्रह दशा कटाउने कसरी,कोरोनाले चुट्यो बेसरी,धेरैजना अत्तालिए कठैवरी ।१। उता नि ‘र’ यता नि ‘र’फरक यति मात्रै कि,उता र– ‘राजनीति’, यता र–‘रोजगारी’ […]

ओह्रालो यात्रा-प्रकाश सापकोटा

Posted on May 10, 2020 | by Admin

‘तिमीले उन्नतिको उकालो चढ्नुपर्छ,प्रगतिको शिखर चुम्नुपर्छ’भन्नुहुन्थ्यो राम सर ! हजुरबुवाडाँडामा बसेर‘म डाँडामाथिको जून हुँ’ भन्दाभन्दैडाँडामै घाम बनेर अस्ताउनुभो घट्ट, पसल, गैरीखेत,दुधको डेरी र मेरो स्कूललाईघरदेखिको दूरी घटाउनबुवा फेदिमा बसाइँ सर्नुभो; […]

RIP (रिप)-सुजन श्रेष्ठ

Posted on May 10, 2020 | by Admin

हामी बुढा बुढी एक्लै घरमाछोरी बिहे गरि घर टाढाजेठो छोरा बिदेशमामाइलो छोरो श्रीमतीको पेटिकोटमाकान्छो छोरा सधै मोबाइल फोनमा तर बर्षको एक चोटिमुख हेर्ने दिनमाकहिले म बुढाकोकहिले मेरो बुढिकोसामाजिक संजालमाफोटो हाल्छन […]

मानिसको रहर-दिनेश यादव

Posted on May 10, 2020 | by Admin

विचित्रकै हुँदो रहेछ मानिसको रहर,सडक व्यस्त हुँदा खुला हेर्ने रहर,सुनसान अवस्थामा गाडी गुडेको हेर्ने रहर ,लकडाउनले निम्त्यायो खै के–के पो रहर ।१। यदि व्यस्त सडक हेर्ने छ तपाईको रहर,एकैछिन यो […]

आदिवासी धून – देवकी अभिलाषी

Posted on May 6, 2020 | by admin

म त एउटाइन्द्रसरोवर हुँर मेरा सपनातमोर नदीका माछाहरु जस्ता । शहरको चोकमा उभिएकोत्यो मौन घण्टाघरचित्रकारले बनाएकोशहीदको अजीव चित्रभूकम्पले भत्काई पठाएकोएउटा भग्नावशेष संग्रहालयजे सम्झिए पनि हुन्छ मलाईहुन तयो देशको नक्शामासबै -सबै […]

पानीजस्तै म-उषा शेरचन

Posted on May 4, 2020 | by admin

तिमीले मलाईशिखरमा लगेर राख्यौम सेताम्मे हिउँ भएर जमिदिएँयदि म त्यसरी नजमेको भएहिमाल हिमालझैँकहाँ देखिन्थ्यो होला ?हिमाल त्यति सुन्दरकहाँ लाग्थ्यो होला ? तिमीले मलाईसूर्यको रापमा छाड्यौम पग्लेर बगिरहेँयदि म त्यसरी नपग्लेको […]

खतरनाक कुरा-Ram Gopal Ashutosh

Posted on May 3, 2020 | by admin

छैन मसित त्यस्तो केही छैनचिटिक्क रूपकुवेरको धनलाली यौवनपवित्र जवानी साँंच्चै त्यस्तो केही छैन मसितजुन बिकोस् तिम्रो बजारमाजुन सजियोस् तिम्रो घरमामेनुमा हालियोस् तिम्रो होटेलमासार्वजनिक गरियोस् स्टक एक्सचेन्जमा । चाहिँदैनअहँकसैलाई चाहिँदैन सबैले […]

“कोभिड-१९ लाई सम्झदा”

Posted on May 1, 2020 | by admin

नमस्कार यो विकराल अदृश्य भाईरसको लक्डाउनको समयमा केही खोज गर्ने जमर्को www.sahityasangalo.comले गरेका छौं । “कोभिड-१९ लाई सम्झदा” नामक बृहत एक सस्मरण निसक्ने भएकाले यो सम्बन्धी: ईमेल तथा मेसेन्जरमा सोधिएको […]

फगत आभास-मुकेश राई

Posted on May 1, 2020 | by मुकेश राई

एक अचेल बस्ती र शहरहरु उजाड लाग्छयहाँ एउटा अप्रत्यक्ष आतंकलेमनाईरहेछ मृत्यु उत्सव,  संत्राशको घेरा भित्र मान्छेहरुखुम्चिरहेछन संकुचन हुँदैनिसन्देह उन्मुक्त मनहरु पनिगुम्सिरहेछन जीवन ज्योति खोज्दैयहाँ हरेक बिहानी उदाउने सूर्यले  छर्दैन उज्ज्यालो […]

म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)

Posted on May 1, 2020 | by शर्मिला खड्का (दाहाल)

तिमी जीवनको गोरेटो खन्दै हिँड्यौ म बाटो सम्याउँदै हिँडेँतिमी काँढा पन्छाउँदै हिँड्यौ म डोब पछ्याउँदै हिँडेँतिमी फूल टिप्तै हिँड्यौ, म सुवास छर्दै हिँडेँतिमी खुसी छर्दै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ […]

तिमीलाई पत्र लेख्दैछु-कमला सरुप

Posted on May 1, 2020 | by admin

भन्ज्याङ भरि भरिसयपत्री फुल्न म संघारमा उभिएरसपनाभरि र तिम्रा पोल्टा भरि भरिशान्ति पस्किन हतारिएकी छु…तिमीसँगआँखा भरि भरिपिरती बाँचेर रुपान्तरित हुँदैम स्थिरताको पत्र लेख्न हरेक साँझउपल्लो बारीमा उभिएरघामका खाँतिर शुभकामनाहरु आयोजना […]

अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’

Posted on April 30, 2020 | by admin

अज्ञानताको अन्धकारबाट उठेरखोज्न निस्किएको थिएँ म ज्ञानको प्रकाशपुञ्ज आँखाभरि रोइरहेको थियो“ब्ल्याक डेथ” महामारीबाट पिल्सिएकोएङ्लो नर्मन कालप्लेगले आक्रान्त भएको थावेस राज्यको विवशतादोस्रो विश्वयुद्घले गरेको भयङ्कर मानव विनाशउठ्न सकेकै थिएन विश्वभोगेर कोरोना […]

भोकको सौन्दर्य-देवकी अभिलाषी

Posted on April 29, 2020 | by admin

भोकको संगीत भरेरजीवनको गीत गाउँदैकसले बनायो रङहरुको इन्द्रेणी ? समयको किरिङ्मिरिङ् गोरेटोमाभेटिन्छन् खडेरीको खेतजस्तोधाँजा फाटेका किसान—पैताला । भोकको आगो निभाउँनपसिना बगाउँछन् मेरा बार, उत्सव मनाउँछन् भोकविरुद्धको जितमाजूनजस्तै रोटीको निस्तो गाँस […]

अन्तिम सत्य- आध्यात्मिक विज्ञान नै ठूलो रहेछ-प्रेम शाली घिमिरे

Posted on April 22, 2020 | by admin

जबआमा ,म र भाइ बहिनीबाको छायाँ देखेर पनि तर्सिन्थ्यौत्यस बेलायस्तो लाग्थ्यो –मेरो बा सबै भन्दा भयानकर शक्तिशाली हुनुहुन्छ !समयसंगै म पनि दौडिदै थिए…… १जब हजुर बा देखेरमेरी हजुर आमा ,मेरा […]

हजारौं हातको हस्ताक्षर -कवि मनोज विश्वकर्मा

Posted on April 18, 2020 | by admin

जब आधा तिमी आई पुगेको थियौं मभित्रसिङ्गो पार्न छाडेको थिएँकेही हस्ताक्षर,त्यो रक्तमांस डल्लामाथिनौ महिनासम्मचलमलाएरै सक्किए केही हस्ताक्षर,मेरा कुमारी स्तनहरू चुसेरराता भएका तिम्रा ओठहरूमा लतपतिएको मातृत्व पुछ्न सल्बलाएँ केही हस्ताक्षर,हिँउदका सूर्यजस्ता […]

सियोको टुप्पोले-सन्जना खड्का

Posted on April 12, 2020 | by admin

सियोको टुप्पोलेसयकडा एक्चालिसको ब्याज कतिन्जेल सिउछस ?च्यातिएको भाङ्ग्रो टालेरयो नाङ्गो आकाश कतिन्जेल ओडछस ?आतको प्यास मेटाउनउधारो नुनको झोल कतिन्जेल पिउछस ?जा बिर्खे दमाई  जा सबैले देख्ने गरी झुन्डिएर मरमुक्ती पाउछस […]

आर्यविमान चित्रकार – उसलाई प्रश्न नगर

Posted on March 25, 2020 | by admin

उसलाई रंगको प्रश्न नगर जसले तिम्रो सादापनमा पनि इन्द्रधनुषको आभाष गरेको छ…. कालो निलो हरियो र रातो मा के छ र?? जब उसले तिम्रो जीवननै रंगाएको छ उसलाई उत्साह को […]

विनीत कनकधारा स्वामी स्वदेशानन्द

Posted on March 19, 2020 | by admin

राधा रोदन भक्ति भाव….(शार्दूलविक्रीडित छन्द) फक्री वक्षहरू फुले वदनमा आयो जवानी पनि,माया प्रीति र हर्षको सुमन हूँ माने नमाने पनि।धर्तीको गहना म हूँ सृजनकी स्रष्टा म हूँ बीजकी,बान्की रूप कला […]